५० लाखभन्दा कम कारोबार गर्ने पसललाई भ्याट लाग्दैन : अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ५० लाख भन्दा कम कारोबार हुने किसान/पसललाई भ्याट नलाग्ने बताएका छन् ।
आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘५० लाख भन्दा कम कारोबार हुने पसललाई कतै भ्याट लाग्दैन । बाहिरबाट आयातित छ भने त्यसममा मात्र लाग्छ ।
ठूला कारोबार गर्ने आन्तािरक उत्पादन,डिपार्टमेन्टको हकमा भने कर लाग्ने उनले बताएका छन् ।
आलु प्याजमा कर लगाएको बारे अर्थमन्त्री शर्माले नेपाली उत्पादनलाई बढाउन बढाएको बताएका छन् । उनले उत्पादन बढाएर देशलाई आत्मनिर्भरतर्फ उन्मूख बनाउने कृषकलाई प्रोत्साहन गर्न कर लगाएकाे स्पष्ट पारेका छन् ।
अर्थमन्त्री महतले बाहिरी आयातलाई कम गर्ने उपाय कर पनि भएको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया