सबैभन्दा नेतृत्व फेरबदल गर्ने पार्टी एमाले हो : महासचिव पोखरेल
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले परम्परागत दलहरूमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन पार्टी एमाले भएको जिकिर गरेका छन् ।
एमालेको हालै बसेको केन्द्रीय समिति बैठकले ७० वर्षको उमेहद सम्बन्धी विधानको धारा निलम्बन गर्ने निर्णय आलोचना भएपछि उनले जवाफ फर्काएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक कार्यक्रममा ७० वर्षको उमेरहदले मात्र नेतृत्वमा बदलाब नआउने जिकिर गरे । नेकपा एसबाट एमाले फर्किएका नेताहरूको व्यवस्थापनका लागि सो धारा निलम्बन गरिएको उनले बताए ।
‘नेपालका पुराना राजनीतिक दलहरुमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रुपमा नेकपा एमाले छ । चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरुका बारेमा, उनले भने, ‘७० वर्षे उमेरहदले मात्र नेतृत्वमा बदलाव ल्याउँदैन ।’
२०४५ सालदेखि प्रचण्ड नेतृत्वमा रहेको दिँदै उनले यी अवधिमा एमाले ५ जना अध्यक्ष निर्वाचित गरेर नेतृत्व बदलावमा उदाहरणीय काम गरेको बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया