दाहालमाथि कालोमोसो दल्नेमा नेविसंघ सहभागी छैन : अध्यक्ष दुजाङ
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको जिम्मेवारी नलिने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको आधिकारिक समिति नरहेको जिकिर गर्दै घटनामा संगठनको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
‘कालोमोसो दलेको विषयमा नेविसंघलाई जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेसण भएकोमा गम्भीर ध्यानकर्षण भएको छ । पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको आधिकारिक समिति नभएको जानकारी गराउँदै उक्त घटनामा नेविसंघको कुनै संलग्नता छैन । साथै यस्ता अमानवीय क्रियाकलापमा सहभागीलाई नेविसंघले संरक्षण नगर्ने र त्यस्ता कार्यमा सहभागी आफै जिम्मेवारी हुने कुरा अवगत गर्दछौं’, मंगरबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख दाहालमाथि नेविसंघका झण्डा बोकेका व्यक्तिहरूले सोमबार कालोमोसो दलेका थिए । सो घटनाको चौतर्फी विरोध भएपछि नेविसंघले विज्ञप्ति निकालेको हो । घटनाको छानविनका लागि नेविसंघले दिनेश शाहीको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया