ज्येष्ठ नागरिकका लागि श्रमदानबाटै अस्पताल बनाउने धरानका मेयरको घोषणा
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराई राई साम्पाङ्गले ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा गरेका छन् ।
आफू मेयरमा निर्वाचित भएपछि श्रमदान संस्कृतिलाई अंगीकार गर्दै अघि बढिरहेका मेयर राईले ज्येष्ठ नागरिकको उपचारका लागि श्रमदानबाटै अस्पताल बनाउने घोषणा गरेका हुन् ।
‘अब अस्पताल निर्माणतर्फ अग्रसर हुनुपर्ला,’ सामाजिक सञ्जालमा मेयर राईले लेखेका छन्, ‘ज्येष्ठ नागरिक उपचार केन्द्र जुन श्रमदानबाटै निर्माण गरिनेछ ।’
लामो समयदेखि खानेपानी समस्या सामना गरिरहेको धरान उपमहानगरपालिकाको यो समस्या समाधान गर्न राईले आफू मेयरमा निर्वाचित भएदेखि नै श्रमदानमार्फत अभियान सञ्चालन गरिरहेका छन् । धरान उपमहानगरपालिका क्षेत्र वरपरका स्रोतले मात्र पानीको माग आपूर्ति नभएपछि सोमबार राति मात्रै उनको अगुवाइमा कोकाहबाट धरानमा पानी ल्याइएको थियो । कोकाह धरानबाट ४० किलोमिटर टाढा पर्छ । यहाँबाट पानी ल्याउन मेयर राईको नेतृत्वमा १०० दिनअघि श्रम अभियान चलाइएको थियो । यति टाढाको दूरीबाट खानेपानी ल्याउन सफल भएपछि अहिले राईको चौतर्फी प्रशंसा भइरहेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया