कर्मचारीको दक्षता बढाउन तालिम सञ्चालन गर्दै नाडा, सीप परियोजनाबीच सम्झौता
काठमाडाैं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल र नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना (ENSSURE) बीच सम्झौता भएको छ ।
बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारीहरु, नाडाअन्तर्गत गठित शीप विकास इकाईका सदस्यहरु र सीप परियोजनाका उच्च अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौता ज्ञापन पत्रमा नाडाकोतर्फबाट अध्यक्ष ध्रुव थापा र सो परियोजनाकातर्फबाट सो संस्थाका टिम लिडर रवीन्दवहादुर सिंहले हस्ताक्षर गरे । त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरुसमेत तयार गरिएको नाडाले जनाएको छ ।
नाडाका अनुसार कम्पनीमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र शीपयुक्त बनाउनका लागि यो सझौता ज्ञापन पत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने जनाएको छ । जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।
नाडाले आफनो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको अध्यक्ष ध्रुव थापाले बताए । नाडाले यसलाई दिर्घकालसम्म संचालन गर्ने उद्धेश्य राखेको उनको भनाइ छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको जनाएको छ।
नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय शीप विकास इकाई समेत गठन गरेको छ । आजको यस हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया