क्यान्टिनमा गफ गरेर बस्ने सिंहदरबारका २१ कर्मचारी सतर्कताको फन्दामा
काठमाडौं । सरकारी कार्यालयमा तोकिएको खाजा समय हो १ः३० देखि २ः ०० बजे । बुधबार दिउँसो खाजा समय सकिएपछि राष्ट्रिय सतर्कता केन्द्रको टोलि अनुगमनका लागि सिंहदरबारका क्यान्टिनतिर हानियो ।
अनुगमनका क्रममा मुद्रण विभाग, अर्थ मन्त्रालय, नेपाल टेलिभिजन, कृषि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीहरू खाजा अवधी सकिएपछि पनि गफ गरेर समय काटिरहेको अवस्थामा भेटिए ।
यसरी अनुगमन गर्ने क्रममा उल्लिखत कार्यालयका २१ जना कर्मचारी सतर्कताको फन्दामा परेका छन् । अधिकृतदेखि उपसचिव स्तरका कर्मचारीहरूलाई सतर्कताले सो अवस्थामा भेटेको हो ।
केन्द्रका डिआइजी निरञ्जन विष्टका अनुसार तोकिएको खाजा समयवाहेक पनि क्यान्टिनमा बसेर गफ लगाउने र अन्य विभिन्न ‘डिलिङ’ मा कर्मचारीहरू व्यस्त रहने गरेको पाइएपछि अनुगमन गरिएको हो ।
यसरी क्यान्टिनमा बसेर समय बिताउने कर्मचारीलाई कारवाही गर्नका लागि सम्बन्धित कार्यालयमा पत्राचार गरिने विष्टले जानकारी दिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया