कस्तो छ आज सुनचाँदीको भाउ ?
काठमाडाैं । बुधबार र बिहीबार लगातार घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया