कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते
काठमाडाैं । कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा ६ जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता सञ्जिव शर्माका अनुसार आज दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएका थियो ।
घटनामा घाइतेहरुको अवस्था सामान्य रहेकोर, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया