नयाँ राइड शेयरिङ कम्पनी ‘ई-सवारी’ नेपाली बजारमा आउँदै

काठमाडाैं । नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ‘ई-सवारी’ नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।
कम्पनीका अनुसार ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले राइडर भर्ना सुरू गरेको कम्पनीले जनाएको छ । इच्छुक राइडरले ई-सवारीमा गएर दर्ता गर्न सक्नेछन् ।
कम्पनीका सञ्चालक सुनिल यादवले नयाँ लक्ष्य र उपभोक्तालाई फरक अनुभुति दिने गरी ई-सवारी आउन लागेको बताए ।
यादवका अनुसार पर्साको वीरगंजबाट सेवा सुरू गर्ने र त्यसपछि देशका १० बढी शहरमा विस्तार गर्ने योजना रहेको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया