एमाले केन्द्रीय कमिटीमा प्रभु साहविरुद्ध रेखा झाको उजुरी
अवैधानिक अधिवेशन खारेज गर्न माग

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रभू साहविरुद्ध उजुरी परेको छ । केन्द्रीय सदस्य रेखाकुमारी झाले साहविरुद्धको उजुरी बिहीबार केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएकी थिइन् ।
मधेस प्रदेशका सहइन्चार्जसमेत सहेका साहले रौतहट अधिवेशनमा मनोमानी गरेको आरोप झाले लगाएकी छिन् । नियमित प्रक्रियाबाट पदाधिकारी चयन नगरी साहले मध्यराति चोरबाटोबाट पाँचजना पदाधिकारीलाई शपथ गराएको आरोप संघीय सांसदसमेत रहेकी झाले लगाएकी छिन् ।
‘रौतहट जिल्ला अधिवेशन हलमा उपस्थित सम्पूर्ण प्रतिधिनिधिले विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरको पाँचजना पदाधिकारलाई मध्यरातमा नेता साहले मध्यरातमा अज्ञात स्थलमा शपथ खुवाएको कार्यको घोर भत्सर्ना गर्दछु’, झाले उजुरीमा उल्लेख गरेकी छिन् ।
तर अध्यक्ष ओलीले आफूलाई दिनुपर्ने उजुरी मिडियाबाजी गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्रको विवादलाई जथाभावी मिडियाबाजी गरेर जग नहँसाउन ओलीले चेतावनी दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया