एमाले केन्द्रीय कमिटीमा प्रभु साहविरुद्ध रेखा झाको उजुरी
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य प्रभू साहविरुद्ध उजुरी परेको छ । केन्द्रीय सदस्य रेखाकुमारी झाले साहविरुद्धको उजुरी बिहीबार केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएकी थिइन् ।
मधेस प्रदेशका सहइन्चार्जसमेत सहेका साहले रौतहट अधिवेशनमा मनोमानी गरेको आरोप झाले लगाएकी छिन् । नियमित प्रक्रियाबाट पदाधिकारी चयन नगरी साहले मध्यराति चोरबाटोबाट पाँचजना पदाधिकारीलाई शपथ गराएको आरोप संघीय सांसदसमेत रहेकी झाले लगाएकी छिन् ।
‘रौतहट जिल्ला अधिवेशन हलमा उपस्थित सम्पूर्ण प्रतिधिनिधिले विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरको पाँचजना पदाधिकारलाई मध्यरातमा नेता साहले मध्यरातमा अज्ञात स्थलमा शपथ खुवाएको कार्यको घोर भत्सर्ना गर्दछु’, झाले उजुरीमा उल्लेख गरेकी छिन् ।
तर अध्यक्ष ओलीले आफूलाई दिनुपर्ने उजुरी मिडियाबाजी गरेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्रको विवादलाई जथाभावी मिडियाबाजी गरेर जग नहँसाउन ओलीले चेतावनी दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया