अविरल वर्षाले गोठ बगाउँदा दुई जना बेपत्ता
किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ । बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ ।
यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया