थप ३५ जनामा कोरोना पुष्टि, २६६ जना संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८८१ पीसीआर परीक्षण गर्दा ३२ जना र एक हजार ३८७ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल ३५ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर ९ लाख ७८ हजार २९७ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट एक लाख ४० हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या दुई हजार २१९ रहेका छन् ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । हाल देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
पछिल्लो समय २६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया