थप ३५ जनामा कोरोना पुष्टि, २६६ जना संक्रमणमुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८८१ पीसीआर परीक्षण गर्दा ३२ जना र एक हजार ३८७ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल ३५ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या पीसीआर ९ लाख ७८ हजार २९७ जना पुगेको छ । त्यस्तै एन्टिजेन विधिबाट एक लाख ४० हजार ९९ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या दुई हजार २१९ रहेका छन् ।
आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । हाल देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
पछिल्लो समय २६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६४ हजार १२७ पुगेको छ । यो दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया