हुम्ला जीप दुर्घटना : घाइते चालकको मृत्यु
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जीप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ ।
धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जीप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जीपमा सवार १२ यात्रु सकुशल रहेका छन् ।
उकालो सडकमा ती सबै यात्रु जीपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया