चन्दनको प्रयोगः डण्डिफोर निर्मुल पार्नदेखि चाँयापोतो हटाउनसम्म
एजेन्सी । आयुर्वेदमा चन्दनलाई पवित्र मानिन्छ । यसलाई पूजाआजामा पनि विशेष स्थान दिइएको छ । तर चन्दन केबल पुजाआजामा मात्र नभएर स्वस्थ छालाका लागि पनि प्रभावकारी छ ।
यसमा एन्टिअक्सिडेन्ट गुणहरु प्रशस्त्र मात्रामा पाइन्छन् । जसले डण्डिफोर, रिङकल, चायापोतो, दागहरु जस्ता छालासम्बन्धी समस्यालाई निर्मूल पार्न मद्त गर्छ । यी बाहेक, छालामा यसका निम्न फाइदाहरु छन्,
चाउरीपनामा चन्दन
चन्दनमा एन्टिअक्सिडेन्ट गुण हुने भएकाले यसले अनुहार चाउरी पर्नबाट जोगाउँछ । यसको दिनहुँ प्रयोगले अनुहारमा चाउरीपना कम गर्नुका साथै छालासम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
चाँयापोतोमा चन्दन
धेरैजना अनुहारमा चाँयापोतो आएर पिडित हुन्छन् । यसको लागि मंहगो क्रिम तथा उपचारसमेत गरिरहेका हुन्छन् । तैपनि यो समस्याबाट मुक्ति पाउन सक्दैनन् । तर चन्दनको प्रयोगले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसमा यस्ता गुणहरु छन् जुन चाँयापातोको समस्यामा लाभदायिक मानिन्छ । चन्दनमा एन्टिसेप्टिक गुण हुन्छ । जसले छालामा ब्याक्टेरियाको वृद्धिलाई कम गर्छ ।
दागधब्बाको समस्यामा चन्दन
चन्दन अनुहारका दाग, धब्बाहरुको लागि पनि उपयोगी छ । यसमा हुने गुणले छालामा यस्ता समस्याहरु हटाइ छाला चम्किलो बनाउँछ । यदि तपाईको अनुहार कालो छ भने पनि चन्दनको प्रयोग गर्न सक्नुहुन्छ । यसले अनुहार गोरो बनाउँछ ।
सन टेनिङमा चन्दन
चर्को घाममा हिँड्दा सन टेनिङको समस्या हुन्छन् । जसले छालामा प्रत्यक्ष असर गर्छ । असर गरेको छालामा चन्दन लगाउँदा टेनिङको समस्या हटछ । चन्दन छालाको लागि धेरै प्रभावकारी मानिए पनि कोहीकसैमा यसको एलर्जी पनि हुन सक्छ । यस्तो अवस्थामा भने छालामा चन्दनको प्रयोग गर्नुहुँदैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया