सुनचाँदीको मूल्य पुन: ओरालो

काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ घटेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँ घटेर एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया