नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।
आज दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।
ताजा अपडेट
-
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
-
आज सातै प्रदेशले बजेट ल्याउँदै, पूर्वाधार निर्माण प्राथमिकतामा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो


प्रतिक्रिया