NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।

आज दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष