एसियाडका लागि ६ खेलाडी छनोट

काठमाडाैं । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज ६ जना खेलाडी चयन गरेको छ ।
सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरिएको हो ।
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् । प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टीम व्यवस्थापकमा सङ्घका अध्यक्ष किशोर महर्जन रहेका छन् ।
एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया