एसियाडका लागि ६ खेलाडी छनोट
काठमाडाैं । नेपाल स्क्वास राकेट्स सङ्घले चीनको होङझावमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज ६ जना खेलाडी चयन गरेको छ ।
सङ्घले राउन्ड रोविन लिगको आधारमा गरिएको छनोट प्रतियोगिताबाट परुषतर्फ र महिलातर्फ समान तीन/तीन खेलाडी छनोट गरिएको हो ।
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन छन् भने महिलातर्फ विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् । प्रशिक्षकको भूमिकामा हीराबहादुर थापा र टीम व्यवस्थापकमा सङ्घका अध्यक्ष किशोर महर्जन रहेका छन् ।
एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया