दुनियाँमा असफल भइसकेको माक्र्सवाद–लेनिनवाद नेपाललाई चाहिएको होइन : प्रवक्ता शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले दुनियाँमा असफल भइसकेको कम्युनिस्टहरूको माक्र्सवाद र लेनिनवाद सिद्धान्त नेपाललाई नचाहिएको बताएका छन् ।
नेपाल एकिकरणको सुरुवात भएको स्थान गोरखाको भूमिबाट ‘राष्ट्रनिर्माता’ पथ्वीनारायण शाहलाई सम्झिँदै उनले नेपालले मौलिक सिद्धान्त आत्मसात गर्नुपर्ने बताए ।
‘हामीलाई दुनियाँमा फेल भइसकेको कुनै विदेशी दलालको माक्र्सबाद र लेनिनबाद चाहिएको होइन’ल उनले भने, ‘हामीलाई त पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने ब्यवस्था नेपालवाद चाहिएको हो ।’
प्रवक्ता शाहीले पृथ्वीनारायणले एकीकरण नगरेको भए अहिले नेपाल भारत वा चीनको गुलामी भएको हुने दाबीसमेत गरे ।
‘यो मुलुकको निर्माण कसैले गरेको हो भने त्यो एक मात्र व्यक्ति पृथ्वीनारायण हो । जसका कारणले आज हामी शानसँग नेपाली हुँ भनेर हिँड्न पाएका छौं’, उनले थपे, ‘यदि उहाँले यो मुलुकको एकीकरण नगर्दिनुभएको भए हामी भारत र चीनका गुलाम भइसक्ने थियौँ ।’
अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका पाधिकारीसहित पनि गोरखा पुगेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया