पोर्चुगल विश्वकप छनोटको फाइनलमा

काठमाडौं । पोर्चुगल विश्वकप फुटबल छनोट खेलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको प्ले अफको सेमिफाइनलमा टर्कीलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो ।
खेल सुरु भएको १५ औं मिनेटमा गोल गरेर पोर्चुगललाई प्रारम्भिक अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा डियोगोले पोर्चुगलको अग्रतालाई दोब्बर बनाए ।
६५ औं मिनेटमा बुराक यिल्माजले जवाफी गोल फर्काएर पोर्चुगलको अग्रतालाई खुम्च्याए । ८५औं मिनेटमा बुराक पेनाल्टीमा चुक्दा टर्की बराबरीबाट चुक्यो ।
इन्जरी टाइममा माथिउसले अर्को गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाए ।
अब पोर्चुगलले फाइनलमा उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी, गएराति नै भएको विश्वकप छनोट खेलमा स्विडेनले चेक रिपब्लिकलाई १–० र वेल्सले अष्ट्रियालाई २–१ ले हराएर फाइनल यात्रा तय गरे ।
उता, इटालीको भने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको यात्रा टुंगिएको छ । उत्तरी मेसेडोनियासँगको प्रतिस्पर्धामा इटाली १–० ले स्तब्ध बनेको हो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया