आइसिसी विश्वकप क्रिकेट छनोट : नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ ।
नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो ।
जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा स्थान बनाउनका लागि दुवै टोलीसामु आजको खेल जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन् ।
नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया