बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया