सानिमा बैंकद्वारा ३ लाखको घातक बीमा रकम हस्तान्तरण
काठमाडाैं । सानिमा बैंकले ‘सानिमा दिर्घायु बचत’ योजनाअन्तर्गत ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ ।
उक्त बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक राम हरि अधिकारीज्यूले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।
राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेकी थिइन् ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया