नेप्से परिसूचकमा ११ अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ११ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७९ कम्पनीको ७३ हजार ९५८ पटक कारोबारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा पाँच उपसमूहबाहेको उपसूचक बढेको छ । घटेका उपसमूहरूमा जलविद्युत ०.४४, जीवन बीमा ०.०८, नीर्जीवन ०.९७, अन्य ०.५५ र व्यापार ०.२४ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा बैंकिङ ०.६९, विकास बैंक ०.६३, वित्त ३.११, होटल तथा पर्यटन ०.८४, लगानी ०.१९, उत्पादन ०.५०, माइक्रोफाइनान्स ०.९९ र म्युचल फण्ड १.३७ प्रतिशतले बढेको छ ।
आज चार कम्पनीको सकारात्मक सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्ल्यु, सिटी होटल, सिभिल लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
सोमबार कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ४२ करोड ५ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै सोल्टी होटल २७ करोड २६ लाख ९६ हजार, हिमालय डिष्टिलरी २२ करोड ३७ लाख ९९ हजार, आइजिआइ प्रुडेन्सियल १५ करोड ४९ लाख ९६ हजार, नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ८६ लाख ३९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया