सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरूद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज सर्लाहीका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिश्रले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
उनीविरूद्ध एक करोड १३ लाख ४५ हजार ८०५ रूपैयाँ बराबरको बिगो माग गरिएको छ ।
आयोगले उनले सेवा प्रवेश गरेको मिति २०५७/०३/०८ देखि मिति २०७८/०७/२६ सम्म उनले आर्जन गरेको सम्पत्ति विवरण अध्ययन गरेको थियो । सो अवधीमा मिश्रको पारिश्रामिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तिय संस्था तथा व्यक्तिबाट लिएको कर्जालगायतबारे अध्ययन गर्दा आय र व्ययमा सो रकमको स्रोत खुल्न सकेन ।
मिश्रले पदमा रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुसँगै अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको दाबी गरेको छ ।
मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्ना पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको पाइएको छ ।
उक्त सम्पत्ति जफतका लागि आयोगले श्रीमतीद्वयलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया