नेप्से परिसूचकमा ५६ अंकको सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ८० हजार ३९८ पटक कारोबारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रूपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा तीन उपसमूहबाहेको उपसूचक घटेको छ भने बाँकीको बढेको छ । घटेका उपसमूहरूमा उत्पादन ०.१७, नीर्जीवन ०.१३ र व्यापार ०.६६ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा बैंकिङ ३.९३, विकास बैंक १.३६, वित्त ४.४४, होटल तथा पर्यटन १.०५, जलविद्युत १.५६, लगानी ०.०७, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ८.९६, म्युचल १.६३ र अन्य १.९६ प्रतिशतले बढेको छ ।
आज ४० कम्पनीको सकारात्मक सर्किट लागेको छ सिक्लेस हाइड्रोपावरकार का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सोमबार कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै स्वाभलम्बन लघुवित्त वित्तिय संस्थाको सर्वाधिक २५ करोड १२ लाख ३३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार, सोल्टी होटल २२ करोड ४२ लाख २९ हजार, आइजिआइ प्रुडेन्सियल १३ करोड १४ लाख २० हजार र हिमालय डिष्टिलरीको १२ करोड ४८ लाख ९७ हजार हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया