नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ८० कम्पनीको ८२ हजार ३५९ पटक कारोबारमा १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा जीवन बीमाबाहेकका उपसूचक घटेका छन् । जीवन बीमा २.४६ प्रतिशतले घटेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ १.५४, विकास बैंक २.४३, वित्त २.९९, होटल तथा पर्यटन २.६८, जलविद्युत १.९६, लगानी १.९४, उत्पादन १.५४, माइक्रोफाइनान्स २.९९, म्युचल फण्ड ०.४०, नीर्जीवन ०.५२, अन्य ३.२१ र व्यापार २.४५ प्रतिशतले घटेको छ ।
आज तीन कम्पनीको सकारात्मक सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्ल्यु र सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ । इङवा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
बुधबार कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ८३ करोड ७० लाख ३६ हजार रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै शिवम् सिमेन्टको २८ करोड २२ लाख ६७ हजार, सोल्टी होटलको २३ करोड ५६ लाख ३८ हजार, एशियन लाइफ इन्स्योरेन्स १९ करोड ५० लाख ७२ हजार र आइजिआइ प्रुडेन्सियल १७ करोड २७ लाख ७६ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया