उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
चीन । पाँच दिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा आइपुगेका छन् ।
छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज उहाँलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे । उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ ।
उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनःनिर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन् ।
सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनि मङ्गलबार चीन प्रस्थान गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया