२० वर्ष पुरानो गाडी हटाउनुपर्ने निर्णयबाट रुष्ट चालक व्यवसायी
काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीहरू हटाउने निर्णय गरेपछि ट्याक्सी, ट्यांकर र ट्रक चालकहरू रुष्ट भएका छन् ।
यही निर्णयका विरूद्धमा आज उनीहरूले कलंकी–बालाजु सडकखण्डमा प्रदर्शन गरेका छन् । चालकहरूको प्रदर्शनले सवारी आवागमन ठप्प छ ।
उक्त निर्णय खारेजीसँगै उनीहरुले निजी सावरी साधनले भाडाको सेवा दिन नपाउनुपर्ने, आफ्ना लागि पार्किङ स्ट्याण्ड हुनुपर्नेलगायतका माग राखेका छन् ।
सरकारका नीतिले स्वदेशमै काम गरेर खाने वातावरण नभएको र ट्राफिक प्रहरीको ज्यादती बढी भएको उनीहरुको गुनासो छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया