फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो ।
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ । यसैगरी बङ्गलादेश १९२औँ स्थानमा यथावत छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ । श्रीलङ्का २०७औँ स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया