प्रिमियममा आइपीओ जारी गर्दै भगवति हाइड्रोपावर
काठमाडौं । भगवति हाइड्रोपावर कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यही असार २४ गतेबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि र बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार पाँच सय रकम बराबरको १ सय रुपैयाँ अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी १ सय १६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३,१४,२६ र २७(साविकको पोखरा उप महानगरपालिका वडा नं. १३,१४,१८,२२ र लेखनाथ नगरपासलका वडा नं.२,३,४,५,६ र ७) स्थानीयका लागि निष्काशन गर्नेछ ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण शेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले न्युनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले न्युनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले असार २४ गतेदेखि साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयभित्र सम्पुर्ण आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार २४ गतेदेखि साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित वासिन्दाहरुले सिद्धार्थ क्यापिटल काठमाडौं, सिद्धार्थ बैंक कास्की, कामना सेवा विकास बैंक कास्की शाखा, कुमारी बैंक, कास्की लेखनाथ र कुमारी बैंकको शाखा काहुनखोला कास्कीबाट आवेदन दिन सक्नेछन् त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया