मोरङमा बीस प्रतिशत रोपियो धान
काठमाडाैं । ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशतमात्र अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रापाइँ भएको हो ।
कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उनको भनाइ थिायो।
गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो । जिल्लामा धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएकोे ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया