ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप यात्रा कठिन
काठमाडौं । ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप फुटबल यात्रा कठिन बनेको छ ।
आज बिहान भएको खेलमा चिली घरेलु टोली ब्राजिलसँग ४–० को फराकिलो अन्तरले पराजित हुुँदै दक्षिण अमेरिकी छनोटको सातौं स्थानमा धकेलिएको छ ।
ब्राजिलको जितमा नेयमार, भिनिसिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक–एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा भिनिसिएसले गोल गर्दै ब्राजिलको अग्रता २–० को बनाए ।
खेलको ७२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दा ब्राजिलले अग्रता तेब्बर बनायो ।
त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सहज जित दिलाए ।
यस जितसँगै यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ ।
ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।
चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ । ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे विश्वकपमा छनोट भइसकेका छन् ।
प्ले अफ स्थानका लागि पेरु, कोलम्बिया र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । पाचौँ स्थानमा पेरु, छैटौँमा कोलम्बिया र सातौँमा चिली छन् ।
पाँचौ स्थानमा रहनेले प्ले अफमा स्थान बनाउने छ । अब खेल खेल्न बाँकी रहँदा चिली १९ अंकसहित प्ले अफ प्रतिस्पर्धीको पुछारमा छ । यसर्थ, चिलीको विश्वकप यात्रा कठिन बनेको छ ।
अब विश्वकपको आशा कायम राख्न चिलीले कठिन प्रतिद्धन्द्धी उरुग्वेलाई जितेर मात्र पुग्दैन पेरु र कोलम्यिाले पनि पराजित हुनु पर्नेछ ।
पेरुले २१ र कोलम्बिाले २० अंक बनाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया