NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप यात्रा कठिन

काठमाडौं । ब्राजिलसँग फराकिलो अन्तरले हारेपछि चिलीको विश्वकप फुटबल यात्रा कठिन बनेको छ ।

आज बिहान भएको खेलमा चिली घरेलु टोली ब्राजिलसँग ४–० को फराकिलो अन्तरले पराजित हुुँदै दक्षिण अमेरिकी छनोटको सातौं स्थानमा धकेलिएको छ ।

ब्राजिलको जितमा नेयमार, भिनिसिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक–एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा भिनिसिएसले गोल गर्दै ब्राजिलको अग्रता २–० को बनाए ।

खेलको ७२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दा ब्राजिलले अग्रता तेब्बर बनायो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सहज जित दिलाए ।

यस जितसँगै यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ ।
ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।

चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ । ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे विश्वकपमा छनोट भइसकेका छन् ।

प्ले अफ स्थानका लागि पेरु, कोलम्बिया र चिलीबीच प्रतिस्पर्धा हुने भएको छ । पाचौँ स्थानमा पेरु, छैटौँमा कोलम्बिया र सातौँमा चिली छन् ।

पाँचौ स्थानमा रहनेले प्ले अफमा स्थान बनाउने छ । अब खेल खेल्न बाँकी रहँदा चिली १९ अंकसहित प्ले अफ प्रतिस्पर्धीको पुछारमा छ । यसर्थ, चिलीको विश्वकप यात्रा कठिन बनेको छ ।

अब विश्वकपको आशा कायम राख्न चिलीले कठिन प्रतिद्धन्द्धी उरुग्वेलाई जितेर मात्र पुग्दैन पेरु र कोलम्यिाले पनि पराजित हुनु पर्नेछ ।

पेरुले २१ र कोलम्बिाले २० अंक बनाएका छन् ।

पाराग्वेसँग पराजित हुनका बाबजुद इक्वेडर विश्वकपमा छनोट

 

ताजा अपडेट

नेपालवाच विशेष