बागमती प्रदेशसभा : प्रतिपक्षद्वारा बैठक अवरुद्ध
काठमाडाैं । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न माग गरे । उनले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध गरिरहने घोषणा गरे ।
प्रदेशसभा सदस्य गोरसाइँले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारूढ दलका नेताहरुको आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित गरेको आरोप लगाउनुभयो । कूल बजेटको २७ प्रतिशत धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई छुटाइएकामा प्राकृतिक नियमअनुसार न्यायसङ्गत नभएको टिप्पणी उनको छ ।
सभामुख भुवनकुमार पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेशसभाका सदस्यको नाम रोष्टममा बोलाउँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले वयल घेराउ गरी नाराबाजी गरेका थिए । नाराबाजी भएपछि सभामुख पाठकले बैठक १ घण्टाका लागि स्थगित गरेका थिए । उनले प्रदेशसभाको अर्को बैठक आजै अपराह्न ५:३० बजे बस्ने गरी बैठक स्थगित गरे ।
प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भनिए पनि २ घण्टा ढिला गरी अपराह्न ४ बजेपछि मात्रै बसेको थियो । उक्त बैठक आधा घण्टामात्रै सञ्चालन भएको थियो । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो ।
ताजा अपडेट
-
बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट सुनसरीमा १०४ किलो गाँजा बरामद, चालक फरार
-
भारतले सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा गौर डुबानको जोखिममा
-
अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल


प्रतिक्रिया