नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ ।
मलेसियको बायोमास ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ सम्हालेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।
नेपालका लागि सूर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए ।
प्रतिक्रिया