२९३ रनको लक्ष्य पछ्याएको नेपाललाई लगातार तीन झट्का
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध घरेलु मैदानमा २९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाललाई लगातार तीन झट्का लागेको छ ।
७.३ ओभरमा अनिल २१ बलमा ६ रन बनाएर आउट भए । ८.६ ओभरमा डेब्यु म्याचमै देव खनाल ६ बल खेल्दा शून्य रनमै आउट भए । लगत्तै ९.१ ओभरमा ३२ रन बनाएर खेलिरहेका ओपनर कुशल भुर्तेल पनि आउट भएपछि नेपाली टिमलाई सुरुवाती झट्का लागेको हो ।
नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदा ५६ रन जोडेको छ ।
ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल छन् । रोहितले विश्वकप लिग २ मा पिएनजी विरुद्धका दुवै जितमा ६० र ४४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया