जेरार्ड साउदी क्लब अल इतिफाकको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौं । फुटबलका स्टार खेलाडीहरू साउदी क्लबतर्फ आकर्षित भइरहेका बेला प्रशिक्षकले पनि त्यतातिर नजर लगाउन थालेका छन् । यसैक्रममा स्टेभन जेरार्ड साउदी प्रो लिग क्लब अल इतिफाकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
यसअघि जेरार्ड एस्टन भिल्लाको प्रशिक्षक रहेकोमा गत अक्टोबरमा उनी अलग भएका थिए ।
साउदी क्लबले सोमबार जेरार्ड आफ्नो क्लबमा नियुक्त भएको जनाएको छ ।
साउदी सरकारले फुटबललाई देशको भिजन २०३० को परियोजनाअनुरूप अघि बढाएसँगै खेलाडीहरू त्यहाँका क्लबतर्फ आकर्षित हुन थालेका छन् । गत जनवरीमा मात्रै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित भएका थिए । त्यहीको क्लब अल हिलालले लियोनल मेस्सीलाई पनि प्रति वर्ष ४ सय मिलियन पाउण्ड दिनेगरी प्रस्ताव गरेको थियो । तर यसलाई उनले स्वीकार गरेनन् । त्यस्तै, करिम बेन्जिमा अल इतिहादमा अनुबन्धित भएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया