जेरार्ड साउदी क्लब अल इतिफाकको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । फुटबलका स्टार खेलाडीहरू साउदी क्लबतर्फ आकर्षित भइरहेका बेला प्रशिक्षकले पनि त्यतातिर नजर लगाउन थालेका छन् । यसैक्रममा स्टेभन जेरार्ड साउदी प्रो लिग क्लब अल इतिफाकको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
यसअघि जेरार्ड एस्टन भिल्लाको प्रशिक्षक रहेकोमा गत अक्टोबरमा उनी अलग भएका थिए ।
साउदी क्लबले सोमबार जेरार्ड आफ्नो क्लबमा नियुक्त भएको जनाएको छ ।
साउदी सरकारले फुटबललाई देशको भिजन २०३० को परियोजनाअनुरूप अघि बढाएसँगै खेलाडीहरू त्यहाँका क्लबतर्फ आकर्षित हुन थालेका छन् । गत जनवरीमा मात्रै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित भएका थिए । त्यहीको क्लब अल हिलालले लियोनल मेस्सीलाई पनि प्रति वर्ष ४ सय मिलियन पाउण्ड दिनेगरी प्रस्ताव गरेको थियो । तर यसलाई उनले स्वीकार गरेनन् । त्यस्तै, करिम बेन्जिमा अल इतिहादमा अनुबन्धित भएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार
-
जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क
-
भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगायो,रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
प्रतिक्रिया