काठमाडौं महानगरपालिकाले माग्यो नगर प्रहरी (विज्ञापनसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको जवान पदमा आवेदन आह्वान गरेको छ । महानगरपालिकाले करार सेवामा लिनेगरी ६५ सिटमा आवेदन आह्वान गरेको हो ।
आवेदन नेपाली सेनाले हालै सञ्चालन गरेको सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेकाले मात्र दिन पाउने छन् । नेपाली सेनाको सैन्य पदको अन्तिम नतिजा यही असार १० गते प्रकाशित भएको थियो ।
महानगरपालिकाले इच्छुक उम्मेदवारलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि र प्रवेशपत्रको प्रतिलिपिसहित १५ दिनभित्र काठमाडौं प्लाजास्थित प्रशासन विभागमा निवेदन दिन भनेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया