टिपरले लियो आमा–छोरीको ज्यान

काठमाडौं। इटहरीमा टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
धरानबाट पूर्वतर्फ गइरहेको ना१क ९१०७ नम्बरको टिपरले मंगलबार स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार सरिता चौधरी र अनुशा चौधरीको मृत्यु भएको हो । उनीहरू नाताले आमाछोरी हुन् ।
ठक्करबाट गम्भीर घाइते सरितालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशालाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो । त्यही उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
घटनापछि स्थानीयले टिपरले ब्याक गरेर ज्यान लिएको आरोप लगाउँदै त्यसमा तोडफोड गरेका थिए । जसका कारण केहीबेर इटहरी तनावग्रस्त बनेको थियो । स्थानीय र प्रहरीबीच झडप हुँदा ९ प्रहरीसहित केही प्रदर्शनकारी घाइतेसमेत छन् ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया