टिपरले लियो आमा–छोरीको ज्यान
काठमाडौं। इटहरीमा टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ ।
धरानबाट पूर्वतर्फ गइरहेको ना१क ९१०७ नम्बरको टिपरले मंगलबार स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार सरिता चौधरी र अनुशा चौधरीको मृत्यु भएको हो । उनीहरू नाताले आमाछोरी हुन् ।
ठक्करबाट गम्भीर घाइते सरितालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशालाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो । त्यही उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
घटनापछि स्थानीयले टिपरले ब्याक गरेर ज्यान लिएको आरोप लगाउँदै त्यसमा तोडफोड गरेका थिए । जसका कारण केहीबेर इटहरी तनावग्रस्त बनेको थियो । स्थानीय र प्रहरीबीच झडप हुँदा ९ प्रहरीसहित केही प्रदर्शनकारी घाइतेसमेत छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया