सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ रूपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।
त्यस्तै बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया