सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ रूपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।
त्यस्तै बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया