आजदेखि आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियममा आइपीओ निष्काशन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स आज (असार २१) गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्रि खुला गरेको छ । यसअघि कम्पनीले बुधबार असार २० गतेदेखि आइपीओ खुला गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै आजबाट निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय मा प्रिमियमबापत् प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दैछ ।
जसमध्ये १२ लाख कित्ता अर्थात १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा सर्वसाधारणले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया