खानीमा ग्यास चुहिँदा २४ जनाको मृत्यु
दक्षिण अफ्रिका । बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ ।
एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता विलियम तलाडीका अनुसार सिलिन्डरबाट चुहिएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हो । दुई र पाँच वर्षका बालबालिकाले पनि ज्यान गुमाएका उनले बताए । श्वासप्रश्वास प्रणालीमा नाइट्रेट ग्यासको प्रवेशसँगै उनीहरूको ज्यान गएको उनले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । घटनास्थलमा खोज तथा उद्धार जारी छ ।
प्रारम्भमा खानीमा विष्फोट भएको जानकारी प्राप्त भएपछि सुरक्षा तथा उद्धारकर्मी घटनास्थलमा पुगेका तर त्यहाँ विष्फोट नभइ ग्यास चुहिएको वास्तविकता खुलेको प्रवक्ता तलाडीले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया