इटालीको अप्रत्यासित हारपछि इटालियनको प्रतिक्रिया, ‘युरोकप पनि भाग्यले जितेको हो’
काठमाडौं । ‘अण्डर डग’ टोली उत्तरी मेसेडोनियासँग घरेलु मैदानमै अप्रत्यासित रूपमा पराजित हुँदै इटाली विश्वकप छनोटको प्ले अफअन्तर्गत सेमिफाइनलबाटै बाहिरिएपछि विश्वभर विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
यसमध्ये इटालियन मिडिया, त्यहाँका फुटबल पण्डित र समर्थकबाट आएका प्रतिक्रिया झनै कडा छन् ।
एउटा इटालियन मिडियाले लेखेको छ, ‘११२ वर्षकै खराब नतिजा ।’
यस्तै, अर्को मिडियाले गत वर्ष सेमिफाइनलमा स्पेनलाई र फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप जितेकोलाई भाग्यले साथ दिएको लेखेको छ । जसमा भनिएको छ, ‘युरोकप पनि भाग्यले साथ दिएर जितेको भन्ने पुष्टि भयो ।’
अधिकांश फुटबल पण्डित र समर्थकले इटालियन स्ट्राइकरहरू भुत्तै भएको प्रतिक्रिया दिएका छन् ।

कतिपयले भने खेलाडीहरूले निलो जर्सीको बेइजत गरेको प्रतिक्रिया दिएका छन् ।
अधिकांशले सामान्य टिमसँग यो हार राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् ।
यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि इटाली छनोट भएको थियो । त्यतिबेला सबै दोष तत्कालीन प्रशिक्षक जियान पिएरो भिन्तुरामाथि लगाइएको थियो । तर, यसपटक भने सबै दोष वर्तमान प्रशिक्षक रोबर्टो मान्चिनीमाथि भने लगाइएको छैन । स्ट्राइकरहरूमाथि बढी दोष लगाइएको छ ।
चारपटकको विशवकप विजेता इटाली विश्व फुटबलको महारथी मानिन्छ । इटाली छनोट भएका बेला सधैँ दाबेदार मानिने गरेको छ ।
विगतमा इटालीसँग जर्मनी, फ्रान्सजस्ता ठूला टोली पनि डराउने गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया