झिनो अंकले घट्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले घटेकत्र छ । आज नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ८० कम्पनीको ६९ हजार ६५५ पटक कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार रूपैयाँको कारोबार भएको छ ।
आज ६ उपसमूहको उपसूचक घटेका छन् भने बाँकीको उपसूचक बढेका छन् । बढेका उपसमूहरूमा
विकास बैंक ०.२२, होटल तथा पर्यटन १.४२, जलविद्युत ०.९२, जीवन बीमा ०.०९, उत्पादन ०.५९ र व्यापार ०.०१ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.३०, विकास बैंक ०.०८, लगानी ०.७८, माइक्रोफाइनान्स ०.२०, म्युचल फण्ड ०.३२, नीर्जीवन ०.२१, अन्य ०.३७ प्रतिशतले घटेको छ ।
आज दुइ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सिटी हटल र रावा इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै मोदी इनर्जीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिभव् सिमेन्टको १८ करोड ५६ लाख ४२ हजार रूपैयाँको कारोबार भएको छ । प्रभु बैंक लिमिटेड प्रमोटर सेयर १६ करोड ९७ लाख ५२ हजार, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ३६ लाख ८३ हजार, सिटी होटलको १४ करोड ७३ लाख ६१ हजार र सोल्टी होटलको १० करोड ६९ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया