ल्याब दर्ता गराउन ५० हजार घुस लिने टेकुका प्राविधिकविरूद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ल्याब दर्ता गराउने नाममा उनले ५० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा भेटेपछि आयोगले उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनलाई भूष्टाचार निवारण ऐन, २०५९ को खफा ३ को उपदाफा(१) को देहाय(ख) बमोजिम कैद सजायसहित बिगो जरिवानाको माग गरिएको छ ।
भट्टराईले सेवाग्राहीसँग घुस मागेकोबारे उजुरी परेसँगै आयोगको टोलीले अनुसन्धान गरेको थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया