NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

नेतृत्वको कार्यशैलीप्रति कांग्रेस जिल्ला सभापतिहरू असन्तुष्ट, आज महामन्त्री द्वयले जवाफ दिने

काठमाडौं । काठमाडौंमा जारी कांग्रेस जिल्ला सभापतिहरूको बैठक शुक्रबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

४२ जिल्ला सभापति र १८ जिल्लाका प्रतिनिधिहरू उपस्थित रहेको बैठकमा बिहीबार २६ जना सभापतिहरूले आ–आफ्ना धारणा राखेका थिए । बाँकी सभापतिहरूले धारणा राखेपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शार्माले बोल्ने कार्यसूची रहेको छ ।

सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापन सुझाव र सल्लाह लिन महामन्त्री द्वयले भेला बोलाएका हुन् । बैठकमा हाल १० लाख सदस्यलाई अनलाईन बनाउने, कृयाशिल सदस्यता नबिकरण र नयाँ शुरूवात गर्ने, तत्काल वडा देखि जिल्ला सम्मको सम्मेलन सम्पन्न गरि केन्द्रीय नीति अधिवेशनको लागी तयारी गर्ने एजेण्डा रहेको महामन्त्री शर्माले जानकारी दिएका छन् ।

सहभागीहरू पार्टी नेतृत्वको कार्यशैली, संघ र प्रदेश सरकारले ल्याएको बजेट, भातृ संस्था विस्तार, अनुशासनको कारवाही, क्रियाशिल सदस्यता वितरण तथा नविकरण लगायत विषयमा असन्तुष्टी पोखेका थिए ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन सकिएपछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । बाढी र पहिरोबाट आउन नसकोहरूका लागि जुममार्फत् जोडिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष