१८ संक्रमितको थपिए, २७१ जना संक्रमणमुक्त

काठमाडाैं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ४० हजार १०५ रहेको छ । पछिल्लो समय थप २७१ संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६४ हजार ३९८ पुगेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी पछिल्लो समय ६४ हजार ३४७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय संक्रमितको संख्या एक हजार ९६० रहेको छ । अहिले होम आइसोलेशनमा एक हजार हजार ९१६ रहेका छन् । त्यसैगरी संस्थागत आईसोलेसनमा ४४ आइसीयुमा २१ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।
प्रतिक्रिया