प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्यो राष्ट्रिय सभा अवरोध
काठमाडौं । सरदार प्रीतम सिंहको सम्बन्धमा केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर शुक्रबार पनि राष्ट्रिय सभा बैठक अवरूद्ध गरेको छ ।
बैठकको सुरूमै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एमालेका सांसद विमला घिमिरेलाई बोल्ने समय दिएका थिए ।
घिमिरेले प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवाद र देशको स्वाभिमानमाथि चोट पुग्ने खालको गम्भीर अभिव्यक्ति भएको भन्दै उनले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने बताइन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गिरेको छ । एउटा भारतीय नागरिको जन्मदिनको अवसरमा देशका प्रधानमन्त्री आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक भारत गएको, देशका राजनीतिक दलहरूसँग भेट गरेको भन्ने अभिव्यक्ति आत्मसर्मपणवाद हो । उक्त अभिव्यक्तिले देशको पूर्व मेचीदेखि पश्चिम महामालीसम्म र हिमालदेखि तराईसम्मका सम्पूर्ण नेपालीको मनमा चोट लागेको छ । त्यसैले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध जारी रहन्छ’, उलने भनिन् ।
घिमिरेले सम्बोधन गरेपछि तीन दिनसम्म एउटै विषयलाई लिएर संसद अवरोध गर्नु उपयुक्त नभएको भन्दै देशको प्रधानमन्त्री कसले बनाउँछ भन्ने विषयमा सदनमा प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउन आग्रह गरे । विपक्षीको लगातार अवरोधका कारण संसदमा विचाराधिन विधेयक प्रभावित भएको छ । अध्यक्षको आग्रह विपक्षी दलले नमानेपछि बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया