जब सलमानले नशाको तालमा आफ्नो ‘लक्की ब्रासलेट’ आमिरलाई दिए

एजेन्सी । यस वर्ष बलिउड अभिनेताद्वय आमिर खान र सलमान खानले सँगै ईद मनाएका छन् । आमिर सलमानको घरको पार्टीमा पुगेका थिए जहाँबाट सलमानले उनीसँगको फोटो पनि सेयर गरेका थिए ।
त्यसपछि दुबै सलमानकी बहिनी अर्पिताको ईद पार्टीमा भुल्किएपछि सबैको नजर आमिरमा पर्यो । कारण, उनले सरमानले कहिल्यै नफुकाल्ने फेरोज ब्रासलेट आमिरको हातमा थियो ।
सबारे सोध्दा आमिरले भने, ‘हिजो राती म सलमान खानसँग थिएँ । हामीले उनको फिल्मको उत्सव मनाइरहेका थियौँ । हामी दुबैले केही ड्रिंक लियौं र रक्सीले मातेर सलमानले भावुक भएर मलाई आफ्नो ब्रासलेट दिए। उनले भने, ‘तिमी मेरो भाइ हौ । हामी दुबै एकअर्कालाई लामो समयदेखि चिन्छौं। मैले यसलाई कहिल्यै फुकालेको छैन, तर तिमीले यो ब्रासलेट राख्न सक्छौ।’ आमिरलाई उद्दृत गर्दै यो विषय अमेरिकी युटुबर एन्थोनी अल्बाले आफ्नो भ्लगमार्फत सार्वजनिक गरेका हुन् ।
‘जब आमिर अर्को दिन उठे तब उनले सलमानको ब्रासलेट लगाएको महसुस गरे । आमिरले सोही रात सलमानलाई उक्त ब्रासलेट फिर्ता गर्न चाहन्थे ।
सलमानका अनुसार यो ब्रेसलेटले उनलाई नकारात्मकताबाट जोगाउँछ । लामो समय अघि एक कार्यक्रममा सलमानले आफ्नो लक्की ब्रेसलेटको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘यो फिरोजा ढुंगा हो । जुन पृथ्वीमा पाइने दुई जीवित ढुङ्गा मध्ये एक हो। यो ढुङ्गाले मलाई नकारात्मकताबाट जोगाउँछ र यो मेरो सातौं ढुङ्गा हो।’
यतिबेला आमिर र सलमान दुबै आफ्नो अर्को प्रोजेक्टको खोजीमा छन्। दुवैकाे अघिल्ला फिल्म फ्लप थिए । यस्तो अवस्थामा दुबैजना समय निकालेर राम्रो स्क्रिप्टमा काम गर्न चाहन्छन् ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया