रसियाका रक्षा मन्त्रीलाई हृदयघात !
काठमाडौं (एजेन्सी) । युक्रेनका एक मन्त्रीका सल्लाहकारले रसियाका रक्षा मन्त्रीलाई हृदयघात भएको दाबी गरेका छन् ।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले रसियाका रक्षा मन्त्रीलाई हृदयघात भएको दाबी गरेका हुन
।
‘युक्रेन आक्रमण पूर्ण असफल भएको आरोप भ्लादिमिर पुटिनले लगाएपछि रसियन रक्षा मन्त्रीलाई हृदयघात भएको हो,’ युक्रेनी आन्तरिक मामिला मन्त्रीका सल्लाहकारले लेखेका छन् । हृदयघातपछि उनी अहिले पनि अस्पतालमै उपचाररत रहेको उनले बताएका छन् ।
तथापि, अहिलेसम्म रसियन पक्षले सोइगुको स्वास्थ्यबारे केही बताएको छैन ।
रसियन रक्षा मन्त्री सेरगई सोइगु गत मार्च ११ देखि सार्वजनिक रूपमा देखिएका छैनन् । यद्यपि, रुसी राष्ट्रपति पुटिनद्वारा २४ मार्चमा जारी भिडियोमा भने उनी थोरै देखिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया